काठमाडौं। बनेपामा रहेको सुकुमबासी होल्डिङ सेन्टरको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य सांसदहरुले निरीक्षण गरेका छन्।
सभापति हरि ढकालको नेतृत्वमा कर्मचारी र सदस्य गरी १५ जनाको टोली सोमबार बिहान होल्डिङ सेन्टर पुगेको हो । टोलीले त्यहाँ बस्दै आएका सुकुमबासी बस्तीका नागरिकहरूसँग तत्काल समाधान गर्नुपर्ने माग टिपोट गरेको छ। सरकारले समस्या समाधान छिटो गर्ने वाचा उनीहरूले गरेका छन् ।
बालबच्चाको पढाई, दीर्घरोगीहरूलाई उचित व्यवस्थापन र छिटो स्थायी बसोबासको माग उनीहरूले राखेका छन्। समितिका सभापति ढकालले शिक्षा र स्वास्थ्यको उचित व्यवस्था छिट्टै हुने बताएका छन्।




















