स्कटल्याण्डविरुद्ध इशान पाण्डेको अर्धशतक

स्कटल्याण्डविरुद्ध इशान पाण्डेको अर्धशतक

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपाली टोलीका मध्यक्रमका ब्याटर इशान पाण्डेले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डविरुद्ध महत्वपूर्ण अर्धशतक प्रहार गरेका छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा स्कटल्याण्डले प्रस्तुत गरेको १९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका लागि पाण्डेले ५३ बलमा अर्धशतक पूरा गरेका हुन् । सो क्रममा उनले ५ चौका र २ छक्का प्रहार गरे । यो उनको अन्तर्राष्ट्रिय एकदिवसीयमा पहिलो अर्धशतक हो । उनले यसअघि अमेरिकाविरुद्धको खेलमा सिनियर टोलीमा डेब्यू गरेका थिए ।

हाल नेपाल २७ ओभरमा २ विकेटको क्षतिमा १५३ रन बनाएर खेलिरहेको छ ।

Logo