सहकारी बचत फिर्ता गर्ने चक्रीय कोषमा सरकारले थप २५ करोड दिने

सहकारी बचत फिर्ता गर्ने चक्रीय कोषमा सरकारले थप २५ करोड दिने

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता गर्ने चक्रीय कोषमा सरकारले थप २५ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।

सहकारी क्षेत्रको समस्याको विषयमा मंगलबार राष्ट्रियसभामा बोल्दै अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् । चालु आर्थिक वर्षको बजेटमा भएको व्यवस्था अनुसार सरकारले २५ करोड रुपैयाँ विनियोजन गरेकोमा थप २५ करोड पनि दिने तयारी गरेको हो ।

सरकारले समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता गर्न चक्रीय कोष स्थापना तथा सञ्चालनसम्बन्धी कार्यविधि, ०८३ बनाइ लागु गरिरहेको छ ।

Logo