सीजी मोटर्सकाे’महा मेला एक्सचेन्ज कार्निभल’मा विशेष अफर

सीजी मोटर्सकाे’महा मेला एक्सचेन्ज कार्निभल’मा विशेष अफर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सीजी मोटर्सले जेठ ६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘महा मेला एक्सचेन्ज कार्निभल’आयोजना गरेको छ। आगामी जेठ ११ गतेसम्म चल्ने यस भव्य मेलामा कम्पनीले आफ्ना नयाँ विद्युतीय सवारीसाधनहरू सार्वजनिक गर्नुका साथै विभिन्न आकर्षक अफरहरू समेत ल्याएको छ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि लोकप्रिय गायक, संगीतकार तथा एक्सपेङ जि६का ब्राण्ड एन्डोर्सर कालीप्रसाद बास्कोटाले गरेका थिए । सो अवसरमा सीजी मोटर्सका डेपुटी सीईओ बिमल शाह लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

सीजी मोटर्सले यसै अवसर पारेर नेपाली बजारमा प्रतिक्षित ‘रिडारा इकोन ४x४’ र अपग्रेड गरिएको ‘किङ लङ १६-सिटेर’ भ्यान सार्वजनिक गरेको छ। नयाँ किङ लङ भ्यानमा ७५.४१ किलोवाट आवरको शक्तिशाली ब्लेड ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार यस भ्यानले एक पटकको फुल चार्जमा ४०० किलोमिटर भन्दा बढीको रेन्ज दिनेछ भने यसको ग्राउन्ड क्लियरेन्स २१५ एमएम रहेको छ, जसले गर्दा यो नेपालको भौगोलिक अवस्थाका लागि अत्यन्तै उपयुक्त देखिन्छ।

मेला अवधिभर ग्राहकलाई लक्षित गर्दै सीजी मोटर्सले आकर्षक वित्तीय योजनाहरू सार्वजनिक गरेको छ। जसअन्तर्गत ‘डायुन’ गाडी मात्र ३.९९ लाख रुपैयाँ र ‘रिडारा इकोन ४x४’ ९.९९ लाख रुपैयाँ डाउन पेमेन्टमा खरिद गर्न सकिनेछ। त्यस्तै, ‘आयन’ र ‘एक्सपेङ’का गाडीहरूमा १२ लाख रुपैयाँसम्मको विशेष सुविधा (बेनिफिट) प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

भृकुटीमण्डपमा जारी यस मेलामा ग्राहकहरूले सवारीसाधनको प्रत्यक्ष अवलोकन, टेस्ट ड्राइभ र आफ्नो पुरानो गाडीको उत्कृष्ट मुल्यांकन गराउन सक्नेछन्। साथै, मेलास्थलमै फाइनान्स सम्बन्धी सम्पूर्ण परामर्श लिने व्यवस्था समेत मिलाइएको छ।

Skip This
Skip This
Logo