प्रधानमन्त्रीलाई खोज्दै आशिका तामाङले भनिन्- कति दिनसम्म हामीले अवरोध खेपिरहनुपर्ने हो ?

प्रधानमन्त्रीलाई खोज्दै आशिका तामाङले भनिन्- कति दिनसम्म हामीले अवरोध खेपिरहनुपर्ने हो ?

केन्द्रबिन्दु
72
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङले संसद् बैठक पटक–पटक अवरुद्ध हुँदा सांसदहरूले अनावश्यक रूपमा समय गुमाउनुपरेको भन्दै प्रधानमन्त्रीको उपस्थितिको माग गरेकी छन् ।

सामाजिक सञ्जालमा उनले प्रधानमन्त्री उपस्थित नभएकै कारण दुई घण्टासम्म संसद् अवरुद्ध हुनु दुःखद भएको बताएकी छन् । उनले प्रधानमन्त्रीलाई संसद्मा आएर सम्बोधन गर्न हार्दिक अपिल गर्दै अब कति दिनसम्म सांसदहरूले घण्टौंसम्म अवरोध खेपिरहनुपर्ने हो भन्दै प्रश्न गरिन् ।

तामाङले भनेकी छन्- ‘प्रधानमन्त्री आउनुभएन भनेर २ घण्टासम्म संसद् अवरुद्ध। एकपल्ट प्रधानमन्त्रीज्यूले संसद मा आएर सम्बोधन गरिदिनुहुन हार्दिक अपिल गर्दछु, कति दिनसम्म हामी संसद्हरूले घण्टौंसम्म अवरोध खेपिरहनुपर्ने हो?’

Skip This
Skip This
Logo