काठमाडौं । ट्वान्टी–२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा नेपालले ८३ रनको लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ रोजेको मलेसियाले क्वालालम्पुर स्थित बायुमास ओभल मैदानमा निर्धारित २० ओभरमा ९ विकेट गुमाई ८२ रन बनायो ।
एइना हसिमले १७, धानुश्री मुहुनानले १५ र एरिएना नतासाले अविजित १३ रन बनाए । मलेसियाको इनिङ्समा केवल ५ चौका रहेको छ ।
नेपालबाट कविता कुँवर, रिया शर्मा र रुविना क्षेत्रीले २–२ विकेट लिइन् । कविताले ४ ओभरमा २ मेडन राख्दै १०, रियाले ४ ओभरमा १ मेडन राख्दै १४ र रुविनाले २ ओभरमा ५ रन खर्चे । पुजा महतो र सीता रानामगरले १–१ विकेट लिइन् ।
नेपालले बुधबार पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा मलेसियालाई २ विकेटले पराजित गरेको थियो । दुबै टोली मलेसियामै हुने एसियाली खेलकुदको छनोट प्रतियोगिता र एसीसी प्रिमियर कपको तयारीमा यो खेल खेलिरहेका छन् ।





























प्रतिक्रिया