चितवन, १३, पुस

आउँदो हप्ता देखि नारायणगढ मुग्लिन सडक रातमा बन्द हुने भएको छ । बुधबार चितवन जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट सहित नारायणगढ मुग्लिन सडक आयोजनाका अधिकारीहरू, निर्माणको जिम्मा लिएका व्यवसायी र सुरक्षाकर्मीहरु समेतको बैठकले पुस १८ गते देखि नारायणगढ मुग्लिन सडक राती १० बजे देखि बिहान चार बजे सम्म बन्द गर्ने निर्णय गरेको हो। "/>

अर्को हप्ता देखि नारायणगढ–मुग्लिन सडक रातीको समयमा बन्द हुने

अर्को हप्ता देखि नारायणगढ–मुग्लिन सडक रातीको समयमा बन्द हुने

केन्द्रबिन्दु
0
Shares

चितवन, १३, पुस

आउँदो हप्ता देखि नारायणगढ मुग्लिन सडक रातमा बन्द हुने भएको छ । बुधबार चितवन जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट सहित नारायणगढ मुग्लिन सडक आयोजनाका अधिकारीहरू, निर्माणको जिम्मा लिएका व्यवसायी र सुरक्षाकर्मीहरु समेतको बैठकले पुस १८ गते देखि नारायणगढ मुग्लिन सडक राती १० बजे देखि बिहान चार बजे सम्म बन्द गर्ने निर्णय गरेको हो।

निर्माण व्यवसायीहरूले कम्तिमा आठ घण्टा सडक बन्द गरेर काम गर्न दिनु पर्ने माग गर्दै आएको नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले बताए । देशको बाँकी भागका बासिन्दा राजधानी काठमाडौं आउ जाउ गर्ने मुख्य सडक भएका कारण यात्रुलाई ठूलो मर्का नपर्ने गरेर गाडी रोक्न लागेको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए।
नागरिकबाट

Logo