गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक+डेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वास्थ्यकर जुस

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक+डेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वास्थ्यकर जुस

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । बढ्दो तापक्रम र प्रि-मनसुनको उकुसमुकुसले गर्दा अहिले दैनिक कामकाज गर्न र बाहिर निस्कन निकै असहज भइरहेको छ। यस्तो अत्यधिक गर्मीमा शरीरलाई डिहाइड्रेसनबाट बचाउन र ऊर्जावान् राख्न ताजा झोलिलो पदार्थको निरन्तर आवश्यकता पर्छ।

यही मौसमी आवश्यकता र उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै, सिजी इलेकट्रोनिक्स अन्तर्गतको विश्वविख्यात ब्रान्ड ब्ल्याक+डेकरले अत्याधुनिक जुस एक्स्ट्र्याक्टर र ब्लेन्डरहरू बजारमा ल्याएको छ।

गर्मी छल्न बजारका कृत्रिम र अत्यधिक चिनीयुक्त पेय पदार्थ पिउनुभन्दा आफ्नै भान्सामा तयार पारिएको ताजा जुस सधैँ स्वास्थ्य वर्द्धक हुन्छ। ग्राहकको यही दैनिक आवश्यकतालाई सहज र छिटो बनाउन ब्ल्याक+डेकरले यी प्रिमियम उपकरणहरू डिजाइन गरेको हो।

विशेषताहरू

समयको बचत र सहज जुस : यस प्रिमियम जुसरमा ८०० वाटको शक्तिशाली मोटर जडान गरिएको छ। यसमा रहेको ७५ एमएमको ठूलो फिडिङ ट्युबले गर्दा फलफूललाई स-साना टुक्रा नपारी सिङ्गै राखेर जुस निकाल्न मिल्छ, जसले भान्साको काम निकै छिटो र सहज बनाउँछ।

एक्टिभ लाइफस्टाइलका लागि: ३०० वाटको यो पर्सनल स्पोर्ट्स ब्लेन्डर विशेष गरी फिटनेस रुचाउने र व्यस्त जीवनशैली हुनेहरूका लागि हो। यसमा रहेको ५०० एमएलको ट्राइटन बोटलमै स्मुदी बनाएर सिधै अफिस वा जिम लैजान सकिन्छ।
परिवारका लागि उपयुक्त : ७०० वाटको हाई-स्पिड मोटर र १.७ लिटरको सुरक्षित ग्लास जार भएको यो ब्लेन्डरले एक पटकमा पूरै परिवारका लागि चिसो पेय तयार गर्छ।

Logo