नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण तालिम सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण तालिम सम्पन्न

केन्द्रबिन्दु
6
Shares

काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्य र आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक तथा सम्पत्ति शुद्धीकरण निवारण क्षेत्रका विज्ञ डा. हरि कुमार नेपालले बीमा क्षेत्रसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था र तिनको व्यवहारिक कार्यान्वयनबारे प्रस्तुति दिएका थिए ।

प्रशिक्षण कार्यक्रममा कम्पनीका सञ्चालक समिति पदाधिकारी, आधारभूत शेयरधनी, उच्च व्यवस्थापन तथा विभागीय प्रमुखहरूको सहभागिता रहेको थियो । कार्यक्रममा एएमएल/सीएफटी/सीपीएफ सम्बन्धी कानुनी प्रावधान, नियामकीय निर्देशन, जोखिम पहिचान तथा व्यवस्थापन, ग्राहक पहिचान प्रक्रिया, शंकास्पद कारोबार पहिचान तथा अन्तर्राष्ट्रिय अभ्यासबारे विस्तृत जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा एएमएल/सीएफटी अनुपालन कम्पनीको दीर्घकालीन स्थायित्वका लागि अत्यन्त महत्वपूर्ण रहेको बताए । उनले प्रभावकारी अनुपालनले कम्पनीलाई सुरक्षित र दिगो बनाउन सहयोग गर्ने धारणा व्यक्त गरे ।

त्यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले एएमएल/सीएफटी/सीपीएफ सम्बन्धी कानुनहरूको व्यवहारिक कार्यान्वयन आवश्यक रहेको उल्लेख गर्दै नियामकीय आवश्यकतालाई दैनिक कार्यप्रणालीमै प्रभावकारी रूपमा लागू गरिएको बताए ।

Logo