पूर्व क्षेत्रीय सभापति राईप्रति प्रधानमन्त्री देउवाद्वारा श्रद्धाञ्जली

पूर्व क्षेत्रीय सभापति राईप्रति प्रधानमन्त्री देउवाद्वारा श्रद्धाञ्जली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज शिक्षण अस्पताल पुगेर आइतबार निधन भएका पूर्व क्षेत्रीय सभापति शम्शेरबहादुर राईलाई श्रद्धाञ्जली दिएका छन् । 

दुई वर्षदेखि मुटु र मिर्गौलाबाट पीडित राईको उपचारका क्रममा आइतबार राति निधन भएको थियो । प्रधानमन्त्री देउवाले राईको शरीरमा नेपाली कांग्रेसको झण्डा ओडाएर सम्मान गरेका थिए । 

उनले राईको निधनले कांग्रेसलाई ठूलो क्षति पुर्याएको भन्दै दुःख व्यक्त गरेका थिए । संखुवासभाका पूर्व सांसद टंकप्रसाद राईका बुबासमेत रहेका राई विगत दुई हप्तादेखि शिक्षण अस्पतालमा उपचाररत थिए । 

प्रधानमन्त्री देउवाले राईले नेपालको लोकतान्त्रिक विकासमाा महत्वपूर्ण योगदान गरेको स्मरण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका थिए । 

 

Skip This
Skip This
Logo