संक्रमितको निःशुल्क उपचारका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजानेदेखि नेकपाको विवाद यथावतसम्म (भिडियो)

संक्रमितको निःशुल्क उपचारका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजानेदेखि नेकपाको विवाद यथावतसम्म (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनमा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो ।

यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।

हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुनसुकै माध्यम प्रयोग गर्न सक्नु हुनेछ ।

आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरु मध्ये प्रधानमन्त्री केपी शर्मा ओली र भारतका सेनाध्यक्ष मनोज मुकुन्द्र नरवणेबीच भेटवार्ता भएको छ । तीन दिन अघि नेपाल भ्रमणमा आएका नरवणेले शुक्रबार स्वदेश फर्किनु अघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका हुन् । भेटका क्रममा प्रधानमन्त्रीले नेपाल र भारतका बीचमा सदिऔं पुरानो विशिष्ट सम्बन्ध रहेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्यहरुको शुक्रबारको अनौपचारिक बैठक सम्पन्न भएको छ । अध्यक्ष केपी शर्मा ओलीपक्षका सचिवालय सदस्यहरूको उपस्थिती बिनै सम्पन्न बैठकले अबको पार्टीको बैठक बोलाउन, अध्यक्ष केपी शर्मा ओलीलाई सामूहिक रुपमा भेटेर आग्रह गर्ने निर्णय गरेको छ । यता, प्रचण्डले पार्टीको पछिल्लो स्थितिका बारेमा केन्द्रीय कार्यालय धुम्बाराहीमा बिफ्रिङ गरिरहँदा महासचिव बिष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादलले भने गृह मन्त्रालयमा छलफलमा जुटेका थिए ।

सरकारले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचारका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने भएको छ । सर्वाेच्च अदालतले कोरोना संक्रमितको उपचार निःशुल्क गर्नू भन्ने परमादेश सरकारका नाउँमा जारी गरेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोरोना संक्रमितको निःशुल्क उपचार गराउनेबारे मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने तयारी गरिएको बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन मिति नजिकिँदै गर्दा चुनावी माहोल पनि तात्दै गएको छ । महासंघका विभिन्न पदमा उमेद्वारहरुले उमेद्वारी दर्ता गरिसकेका छन् भने, चुनावको केन्द्रमा रहेको वरिष्ठ उपाध्यक्ष पदका लागि उपाध्यक्ष द्वय चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा उत्रिएका छन् । उनीहरू बीचको प्रतिस्पर्धा र जीतका बारेमा चर्चा परिचर्चा सुरु भएको छ ।

अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचन नतिजा विश्वका लागि व्यग्र प्रतिक्षाको विषय बनेको छ । केही राज्यहरूको नतिजा सार्वजनिक भइसकेको छ भने केहीको मत परिणाम आउन बाँकी नै छ । अहिले सम्मको परिणाम हेर्दा पूर्व उपराष्ट्रपति जो बाइडेनको अग्रता कायमै देखिएको छ भने, ट्रम्पले बाइडेनको अग्रता देखिएका क्षेत्रमा धाँधली भएको आरोप लगाएका छन् । तर, उनको आरोपमा कुनै सत्यता नभएको भन्दै अदालतहरूले उनका मुद्धा खारेज गरिदिएका छन् ।

Logo