काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले आजदेखि १९ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा ‘टिभिएसमा अपग्रेड हान्नेलाई अचम्मैको डिल’ नामक विशाल अटोमोटिभ कार्निभल आयोजना गरेको छ ।
यस वर्षको नेपालकै सबैभन्दा ठूलो टिभिएस दुईपाङ्ग्रे इभेन्टका रूपमा सञ्चालित यस मेलामा ग्राहकले नयाँ सवारी खरिदलाई सहज बनाउने विभिन्न वित्तीय तथा आदानप्रदान प्याकेजको लाभ लिन सक्नेछन् ।
कम्पनीका अनुसार, सात दिनसम्म चल्ने कार्यक्रममा टिभिएस मोटरसाइकल तथा स्कुटरको सम्पूर्ण रेन्जको प्रदर्शनी, नयाँ मोडल सार्वजनिकीकरण, टेस्ट राइड, प्रत्यक्ष मनोरञ्जन र पारिवारिक गतिविधिसमेत राखिएको छ । अवलोकनकर्ताहरुले कार्निभलमा जिमखाना राइडिङ प्रतियोगिता, खेल क्षेत्र र खाद्य स्टलको अनुभव लिनुका साथै विज्ञसँग प्रत्यक्ष छलफल गर्ने अवसर पाउनेछन् ।
कार्निभल अवधिभर ग्राहकलाई लक्षित गरी पाँच प्रमुख व्यावसायिक योजना सार्वजनिक गरिएको छ । पहिलो, एक्सचेन्ज सुविधा ‘कुनै पनि ब्रान्डको पुरानो बाइक वा स्कुटर ल्याएर नयाँ टिभिएस दुईपाङ्ग्रेसँग साट्न सकिनेछ र यसरी साट्दा पूर्ण मूल्याङ्कन लाभ प्रदान गरिनेछ ।’ दोस्रो, ‘कम मासिक किस्ता वित्तीय योजनाअन्तर्गत दैनिक १३९ रुपैयाँबाट सुरु हुने ईएमआई सुविधा उपलब्ध छ ।’ तेस्रो, ‘चुनिएका टिभिएस मोडलमा आकर्षक नगद छुट ।’ चौथो, तत्काल ऋण स्वीकृति ‘फटाफट फाइनान्स’ योजनाअन्तर्गत नागरिकता र सवारी चालक अनुमतिपत्रको आधारमा छिटो ऋण स्वीकृत गरिनेछ ।’ पाँचौँ, ‘नयाँ सवारी खरिदमा निःशुल्क एसेसरिज तथा सबै मोडलमा आजीवन वारेन्टीको सुविधा प्रदान गरिएको छ ।’
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने, “यो इभेन्ट हरेक नेपाली परिवारका लागि प्रिमियम दुईपाङ्ग्रे सवारीको स्वामित्व साँच्चै सहज बनाउने हाम्रो प्रयास हो । उत्कृष्ट एक्सचेन्ज दर, सहज वित्तीय विकल्प र रोमाञ्चक कार्निभल वातावरणसहित सबैलाई भृकुटीमण्डपमा आई आफ्नो सपनाको टिभिएस घर लैजान निमन्त्रणा गर्दछौं ।”
कार्यक्रम सबै ग्राहक, परिवार तथा मोटरसाइकल उत्साहीका लागि खुला रहने आयोजकले जनाएको छ ।





























प्रतिक्रिया