धुलिखेल, १० पुस ।
काभ्रेको पनौती नगरपालिका वडा नं ५ मा छाला कारखाना नजिकै आगो लागेर एक जनाको मृत्यु भएको छ ।
पनौती नगरपालिकाको छाला कारखानास्थित मिजार टोलमा टिनको टहरामा हिटर बालेर सुत्ने क्रममा आइतबार राति ११ बजे आगो सल्केर एक जनाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा भारतीय नागरिक सुजित जैसवाल रहेका छन् । जैसवाल निर्माणसम्बन्धी काम गर्ने मजदुर रहेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप छानबिन गरिरहेको प्रहरीले जनाएको छ । रासस































प्रतिक्रिया