संयुक्त राष्ट्रसंघको उत्कृष्ट ६० नवप्रवर्तनमा नेपालको ‘वायुदृष्टि’ छनोट

संयुक्त राष्ट्रसंघको उत्कृष्ट ६० नवप्रवर्तनमा नेपालको ‘वायुदृष्टि’ छनोट

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । नेपालमा विकसित जलवायु–प्रविधि नवप्रवर्तन ‘वायुदृष्टि’ संयुक्त राष्ट्रसंघद्वारा दिगो विकास लक्ष्यका लागि विश्वकै उत्कृष्ट नवप्रवर्तनमध्ये छनोट भएको छ। संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक मामिला विभाग (UN DESA) ले प्रकाशन गर्ने ‘एसटिआई सोलुसन बुक २०२६’ मा समावेश हुन सफल भएपछि यसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम चम्काएको छ।

सन् २०२६ को ‘कल फर इनोभेसन’ अन्तर्गत विश्वभरबाट ९०० भन्दा बढी आवेदन परेका थिए। तीमध्ये कडा छनोट र मूल्याङ्कन प्रक्रिया पार गर्दै वायुदृष्टि उत्कृष्ट ६० नवप्रवर्तन भित्र पर्न सफल भएको हो।

नेपालको जलवायु–प्रविधि नवप्रवर्तन वायुदृष्टि संयुक्त राष्ट्रसंघद्वारा दिगो विकास लक्ष्यहरूका लागि उत्कृष्ट विश्वव्यापी नवप्रवर्तनमध्ये समावेश भएको छ। यो नेपालको बढ्दो नवप्रवर्तन क्षेत्रका लागि गर्वको क्षण हो।

संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक मामिला विभाग (यूएन डेसा) ले दिगो विकास लक्ष्य (एसडिजी) हासिल गर्न योगदान पुर्याउने विश्वभरका उत्कृष्ट प्रविधिमूलक समाधानहरूको सूची तयार गर्ने क्रममा वायुदृष्टिलाई उत्कृष्ट नवप्रवर्तनमध्ये छनोट गरेको जनाएको छ ।

विश्वका विभिन्न देशबाट प्राप्त ९०० भन्दा बढी आवेदनमध्ये कडा प्राविधिक मूल्यांकनपछि यो परियोजना उत्कृष्ट ६० नवप्रवर्तनमा समावेश भएको हो । नेपालको बोट्स इन्डस्ट्रिज प्रालिले विकास गरेको वायुदृष्टिले वायु प्रदूषणसम्बन्धी जानकारीलाई सहज, वैज्ञानिक र सर्वसुलभ बनाउने लक्ष्य राखेको छ ।

यस प्रणालीले कम लागतका वायु गुणस्तर मापन उपकरण, भू-उपग्रहबाट प्राप्त डाटा, जमिनमा जडान गरिएका सेन्सर तथा एआई विश्लेषण प्रविधिको संयोजनमार्फत वास्तविक समयमै वायुको अवस्था सार्वजनिक गर्दै आएको छ ।

वायुदृष्टिका संस्थापक सक्रिय पाण्डे र सहसंस्थापक श्रीषा पाण्डेले यो उपलब्धिलाई नेपालको प्रविधि क्षेत्रका लागि प्रेरणादायी क्षणका रूपमा वर्णन गरेका छन् ।

यसैबीच, श्रीषा पाण्डे आगामी जुन ११ र १२ मा अमेरिकाको वाशिङ्टन डीसीस्थित विश्व बैंक मुख्यालयमा आयोजना हुने ‘वल्ड बैंक ग्रुप युथ समिट २०२६’ मा नेपालका तर्फबाट सहभागी हुने भएकी छन् ।

सम्मेलनमा उनले नेपालका युवाहरूको नवप्रवर्तन, डिजिटल अवसर र दिगो विकाससँग सम्बन्धित विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने जनाइएको छ ।

विश्व बैंक समूहद्वारा आयोजना हुने उक्त सम्मेलनलाई विश्वभरका युवाहरूलाई जोड्ने प्रमुख अन्तर्राष्ट्रिय मञ्चमध्ये एक मानिन्छ, जहाँ १७० भन्दा बढी देशका सहभागीहरू रहनेछन् । वायुदृष्टिको यो उपलब्धिले नेपालजस्ता विकासोन्मुख मुलुकबाट पनि विश्वस्तरीय प्रविधि र समाधान विकास गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।

विशेष गरी वायु प्रदूषण, जलवायु परिवर्तन र सार्वजनिक स्वास्थ्यका चुनौती बढिरहेका बेला यस प्लेटफर्मले समुदाय, विद्यालय, अनुसन्धान संस्था, उद्योग तथा सरकारी निकायलाई भरपर्दो वातावरणीय सूचना उपलब्ध गराउने लक्ष्य राखेको छ ।

Skip This
Skip This
Logo