काठमाडौं,१०,पुस
समाचारको स्रोत माग्दै महानगरीय प्रहरी परिसरले अनलाइन मिडियालाई पत्र काटेको प्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको बताएको छ । "/>

प्रहरीले अनलाइन मिडियालाई काटेको पत्र प्रति महासंघको ध्यानाकर्षण

प्रहरीले अनलाइन मिडियालाई काटेको पत्र प्रति महासंघको ध्यानाकर्षण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१०,पुस
समाचारको स्रोत माग्दै महानगरीय प्रहरी परिसरले अनलाइन मिडियालाई पत्र काटेको प्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको बताएको छ । महासंघले समाचारको स्रोत माग्ने अधिकार प्रहरीसँग नभएको समेत प्रष्ट पारेको छ । ‘प्रहरीले केही अनलाइन मिडियालाई समाचारको स्रोत खुलाउन पत्र काटेको घटना प्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ’, महासंघका महासचिव रमेश विष्टले सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ, ‘प्रकाशित/प्रसारित समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई नभएको महासंघ स्पष्ट गर्न चाहन्छ ।’ यस किसिमका घटनाले सञ्चारमाध्यमलाई निर्वाधरूपमा प्रेस स्वतन्त्रताको उपभोग गर्ने काममा बाधा पु¥याउने महासंघको ठहर छ ।   अन्नपूर्णबाट

 

Logo