अष्टनारायण ज्वेलर्समा आगलागी, १० लाख बराबरको क्षति

अष्टनारायण ज्वेलर्समा आगलागी, १० लाख बराबरको क्षति

केन्द्रबिन्दु
0
Shares

आइतवार बालाजुमा रहेको एक सुनचाँदी पसलमा आगलागी भएको छ ।

बालाजु प्रहरीले दिएको जानकारी अनुसार दिउँसो १ बजे वाईपासमा रहेको अष्टनारायण ज्वेलर्समा आगलागी भएको हो ।

आगलागीको कारण खुल्न नसकेपनि पसल पछाडी रहेको किचेनबाट ग्यास चुहिएर आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

नजिकै रहेको प्रहरी र स्थानीयको सहयोगमा तत्काल आगो नियन्त्रणमा आएपनि झण्डै १० लाख बराबरको क्षति भएको पसल संचालक नारायण दियालीले बताए ।

Skip This
Skip This
Logo