काठमाडौं । नेपाली युवा, सडक संस्कृति तथा राइडिङ समुदायलाई एउटै मञ्चमा जोड्ने विशेष उत्सव ‘पल्सर आरपीएम’ आज टोखास्थित ‘स्केटर्स नेपाल’मा भव्य रूपमा सम्पन्न भएको छ ।
नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.द्वारा आयोजित यस कार्यक्रमले युवा ऊर्जा, सिर्जनात्मक अभिव्यक्ति र मनोरञ्जनलाई उत्कृष्ट ढंगले प्रस्तुत गरेको छ ।

‘राइड. पावर. मोसन.’ को मूल भावनामा आधारित उक्त कार्यक्रममा बाइक स्टन्ट, बीएमएक्स प्रदर्शन, स्केट र बी–बोय प्रस्तुति, ग्राफिटी आर्ट तथा र्याप र डीजे सेसनले दर्शकलाई बिहान ११ बजेदेखि साँझ ८ बजेसम्म रोमाञ्चित बनाएको थियो । निःशुल्क प्रवेशको व्यवस्थाले काठमाडौँभरिका राइडर, स्केटर, डान्सर, कलाकार र संगीतप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

मोटरसाइकलको परिचयभन्दा माथि उठेर ब्रान्डले युवा संस्कृतिसँग बलियो सम्बन्ध निर्माण गर्ने रणनीतिअनुरूप आयोजित ‘पल्सर आरपीएम’मा फ्रिस्टाइल खेल, सहरी कला र आधुनिक संगीतको समिश्रणले आजको पुस्ताको आत्मअभिव्यक्तिलाई उत्सवको रूप दिएको थियो । कार्यक्रम स्थललाई युवा उमंगले भरिभराउ बनाएको थियो ।

आयोजक कम्पनीका अनुसार, यस प्लेटफर्ममार्फत नेपाली युवासँग प्रत्यक्ष संवाद र संलग्नताको नयाँ आयाम स्थापित गर्न सफल भएको छ ।





























प्रतिक्रिया