फ्रेन्च ओपन: गउफ तेस्रो चरणबाट बाहिर

फ्रेन्च ओपन: गउफ तेस्रो चरणबाट बाहिर

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । डिफेन्डिङ च्याम्पियन कोको गउफ शनिबार फ्रेन्च ओपनको तेस्रो चरणबाट बाहिरिएकी छिन् । उनलाई अस्ट्रियाकी अनास्टासिआ पेटापेभाले पराजित गरिन् । तीन सेट चलेको खेलमा पेटाभोभा ४–६, ७–६ र ६–४ ले विजयी रहिन् ।

यससँग चौथो वरीयता प्राप्त अमेरिकी खेलाडीको चुनौती समाप्त भएको हो । आरयना सबलेन्का र नाओमी ओसाका भने प्रतियोगिताको अन्तिम १६ पुग्न सफल रहे ।

बेलारुसकी सबलेन्कासले अस्ट्रेलियाकी डारिआ कासाट्किनालाई ६–० र ७–५ ले पराजित गरिन् । यस्तै जापानी १६ औं वरीयताकी ओसकाले भने अमेरिकाकी १८ वर्षीय खेलाडी इभान जोभिचलाई ७–६, ६–७ र ६–४ ले हराउन संघर्ष गरिन् ।

Logo