प्रेस स्वतन्त्रताका सेनानीप्रति महासंघको समवेदना

प्रेस स्वतन्त्रताका सेनानीप्रति महासंघको समवेदना

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ८ पुस । नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी रामगोपाल वैश्य निधन भएकोमा दुःख व्यक्त गरेको छ । पत्रकार वैश्यको प्रोस्टेट क्यान्सरबाट ७४ वर्षको उमेरमा पुुस ७ गते निधन भएको थियो । 

विसं २०२६ देखि बर्दियाबाट पत्रकारिता शुरु गरेका वैष्यले काठमाडौँबाट प्रकाशित हुने चेतना, राष्ट्रध्वनि र राष्ट्रपुकार साप्ताहिकमा काम गरेका थिए । पछिल्लो समय २५ वर्षदेखि बाँकेबाट प्रकाशित शंखनाथ साप्ताहिकका सम्पादक/प्रकाशक रहेका वैष्यले पाँच वर्ष बिबिसी नेपाली सेवामा पनि काम गरेका थिए । वैष्यको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी र निर्भिक पत्रकार गुमाएको छ । 

नेपाल पत्रकार महासंघले स्व. वैष्यप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मृतआत्माको चिरशान्तिको कामना गर्दे शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । पत्रकार वैष्यका श्रीमती, छ छोरा र एक छोरी छन् । रासस

Logo