काठमाडौं,८,पुस
सरकारले एक साताभित्र प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ । निर्वाचन आयोगले प्रदेशसभा तर्फ समानुपातिक प्रणालीको मतपरिणाम सार्वजनिक गरिसकेकाले सरकारलाई प्रदेश प्रमुख तोक्न दबाब परेको हो । "/>

प्रदेश प्रमुख र अस्थायी राजधानी एक साता भित्र तोकिने

प्रदेश प्रमुख र अस्थायी राजधानी एक साता भित्र तोकिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,८,पुस
सरकारले एक साताभित्र प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ । निर्वाचन आयोगले प्रदेशसभा तर्फ समानुपातिक प्रणालीको मतपरिणाम सार्वजनिक गरिसकेकाले सरकारलाई प्रदेश प्रमुख तोक्न दबाब परेको हो । आयोगले शुक्रबार प्रदेश सभामा समानुपातिकतर्फ दलहरूले पाएको मतपरिणाम सार्वजनिक गरेको छ । अब आयोगले सिटका आधारमा विजयी उम्मेदवारको घोषणा गर्नेछ । र त्यस्तो प्रतिवेदन सात दिनभित्र प्रदेश प्रमुखलाई बुझाउनु पर्ने व्यवस्था छ । तर अझै पनि प्रदेश प्रमुख नतोकिएकाले सरकारलाई दबाब बढेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले बिहीबार सम्म प्रदेशको राजधानी र प्रमुख नियुक्त भइसक्ने बताए । सरकारले अघिल्लो बिहीबार नै प्रदेशको राजधानी र प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेको थियो । तर अन्य दलहरूसँग सहमति गर्न खोजेकाले ढिला भएको उनले बताए । ‘शुक्रबार सर्वदलीय बैठक राखिएको थियो, सके सम्म राजनीतिक सहमतिका आधारमा निर्णय गर्न भनेर कुरेको हो, अब सरकारले आफ्नो तरिकाले निर्णय लिन्छ,’ परियारले भने ।

शुक्रबारको बैठकमा प्रदेश प्रमुख नियुक्त गर्ने विषयमा कुनै सहमति हुन नसकेकाले अब सरकारले एक साताभित्र प्रदेश प्रमुख नियुक्त गर्ने उनको भनार्इ छ । प्रदेशको अस्थायी मुकामका लागि सरकारले तयारी पूरा गरेको परियारले बताए । ‘कुन प्रदेशको अस्थायी मुकाम कहाँ तोक्ने भन्ने करिब–करिब निश्चित भइसकेको छ,’ प्रेस संयोजक परियार भने, ‘आन्तरिक तयारी सबै पूरा भइसकेको छ, अब मन्त्रिपरिषद्ले निर्णय गर्न मात्र बाँकी हो ।’

नयाँपत्रिकाबाट

Logo