प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रतिनिधिसभा नियमावली समितिमा लैजानुपर्ने माग गर्दै विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट, पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरुले रोष्ट्रम घेराउ गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

नियमावली समितिका सभापति गणेश पराजुलीले जवाफ दिएपछि सभामुखले संशोधन निर्णयार्थ सुनाउन सुरु गरिसकेका छन् । सत्तापक्षका सांसदहरू पनि विपक्षीहरूसँग भिड्न उठेपछि संसद्‌मा झडपको सम्भावना देखिएपछि अत्यधिक मात्रामा मर्यादा पालक उपस्थित गराइएको थियो ।

Logo