काठमाडौं,८,पुस
नियुक्त भएको तीन महिना बिते पनि दुई दर्जन मन्त्रीले सम्पत्ति विवरण बुझाएका छैनन् । उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीले विवरण नबुझाएर भ्रष्टाचार निवारण ऐनलाई ठाडो चुनौती दिएका हुन् । "/>

२४ मन्त्रीले बुझाएनन् सम्पत्ति विवरण

२४ मन्त्रीले बुझाएनन् सम्पत्ति विवरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,८,पुस
नियुक्त भएको तीन महिना बिते पनि दुई दर्जन मन्त्रीले सम्पत्ति विवरण बुझाएका छैनन् । उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीले विवरण नबुझाएर भ्रष्टाचार निवारण ऐनलाई ठाडो चुनौती दिएका हुन् । उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापा सहित सात मन्त्री र १४ राज्यमन्त्रीले आफ्नै मन्त्रिपरिषद्को निर्णय र भ्रष्टाचार निवारण ऐन अवज्ञा गर्दै विवरण बुझाउन आनाकानी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा केही समयअघि बसेको मन्त्रिपरिषद बैठकले सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

६४ मन्त्री मध्ये २४ जनाले सम्पत्ति विवरण बुझाउन बाँकी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । कार्यालयको वेबसाइटमा पनि ४० मन्त्रीले मात्रै विवरण बुझाएको उल्लेख छ । ‘प्रधानमन्त्री कार्यालयमा प्राप्त मन्त्रीहरूको सम्पत्ति विवरण वेबसाइट मार्फत सार्वजनिक गरिएको छ तर नआएकाको विवरण सार्वजनिक गर्न सकिएन, प्रधानमन्त्री कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले भने ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार उद्योगमन्त्री सुनील बहादुर थापा, स्वास्थ्य मन्त्री दीपक बोहरा, आपूर्तिमन्त्री जयन्त चन्द, वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डे, सहरी विकास मन्त्री दिलनाथ गिरी, खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादव र सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेतले विवरण बुझाएका छैनन् ।
अन्नपूर्णबाट

Logo