विपक्षी दलको बैठकपछि खुश्बु ओली भन्छिन्- प्रधानमन्त्रीले संसदमै आएर प्रष्ट पार्नुपर्छ

विपक्षी दलको बैठकपछि खुश्बु ओली भन्छिन्- प्रधानमन्त्रीले संसदमै आएर प्रष्ट पार्नुपर्छ

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले प्रधानमन्त्री बालेन शाहले संसदमा ‘नेपालले पनि भारतको सीमा मिचेको’ भनी दिएको अभिव्यक्तिप्रति पार्टीको तर्फबाट गम्भीर ध्यानाकर्षण र आपत्ति रहेको जनाएकी छन् ।

विपक्षी दलहरूको बैठकपछि बोल्दै उनले यस विषयमा प्रधानमन्त्री र सरकारले मात्र नभई सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समेत आफ्नो धारणा स्पष्ट पार्नुपर्ने माग गरिन् ।

प्रमुख सचेतक ओलीले भनिन्, “नेपालले भारतको सीमा मिचेको भनेर प्रधानमन्त्रीज्यूले सार्वभौम संसदमा जुन अभिव्यक्ति दिनुभयो, त्यो अत्यन्तै त्रुटिपूर्ण र आपत्तिजनक छ। प्रधानमन्त्री जस्तो जिम्मेवार ओहोदामा बसेको व्यक्तिले यस्तो संवेदनशील विषयमा विना प्रमाण बोल्नु हुँदैन थियो।”

उनले ‘क्रस-बोर्डर अक्यूपेन्सी’ र ‘बोर्डर इन्क्रोचमेन्ट’ बीचको भिन्नता प्रधानमन्त्रीले बुझ्न नसकेको तर्क गरिन् । ओलीका अनुसार सीमा क्षेत्रमा स्थानीयस्तरमा हुने जमिनको भोगचलन र राज्यस्तरबाट हुने भूमि अतिक्रमण पूर्णतया फरक कुरा हुन्।

विपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले यसका लागि नेपाली जनतासँग माफी माग्नुपर्ने अडान राखेका छन्।

Skip This
Skip This
Logo