अझै बस्न सकेन संसद बैठक

अझै बस्न सकेन संसद बैठक

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बस्नमा ढिलाइ भएको छ । निर्धारित समयभन्दा झण्डै १ घण्टा बितिसक्दा पनि बैठक सुरु हुन नसकेको हो ।

आजको बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले वक्तव्य सहित आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । आज नै आर्थिक वर्ष २०८३/८४ राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची पनि छ ।

तर यता प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरू अवरोध गर्ने पक्षमा छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले प्रतिनिधि सभा बैठकमा बेल घेर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीले प्रष्टीकरण दिनुपर्ने उनीहरुको माग छ ।

Logo