काठमाडाैं । नेपालमा टीभीएस मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नयाँ टीभीएस रोनिन मोनोटोन र टीभीएस रोनिन एगोन्डा भेरियन्ट सार्वजनिक गरेको छ ।
काठमाडौंको ठमेलस्थित क्लब नोभामा आयोजित विशेष सांगीतिक कार्यक्रमबीच यी दुई नयाँ भेरियन्टको अनावरण गरिएको हो । कम्पनीका अनुसार नयाँ भेरियन्टहरूले टीभीएस रोनिन लाइनअपमा आधुनिक रेट्रो डिजाइन, आकर्षक स्टाइलिङ तथा प्रिमियम क्रुजिङ अनुभव थप्दै नेपाली युवा राइडरहरूलाई लक्षित गरेका छन् । टीभीएस रोनिन मोनोटोन लाइटनिङ ब्ल्याक र म्याग्मा रेड रंगमा उपलब्ध हुनेछ ।
यसको मूल्य ४ लाख २९ हजार ९ सय (एक्स-शोरूम) निर्धारण गरिएको छ । त्यस्तै, पर्ल ह्वाइट रंगमा उपलब्ध टीभीएस रोनिन एगोन्डाको मूल्य ४ लाख ३९ हजार ९ सय (एक्स-शोरूम) तोकिएको कम्पनीले जनाएको छ ।
एगोन्डा भेरियन्ट भारतको गोवास्थित प्रसिद्ध एगोन्डा बीचबाट प्रेरित रहेको छ । चम्किलो सेतो रङ, विशेष हेडल्याम्प काउल, निलो र रातो रेट्रो पिनस्ट्राइप तथा कालो टीभीएस स्टालियन लोगोले यस मोटरसाइकललाई विशिष्ट पहिचान प्रदान गरेको छ । नयाँ टीभीएस रोनिनमा २२५.९ सीसी क्षमताको इन्जिन जडान गरिएको छ, जसले ७,७५० आरपीएममा २०.४ पीएस पावर र ३,७५० आरपीएममा १९.९३ एनएम टर्क उत्पादन गर्छ ।
मोटरसाइकलमा सहज र आरामदायी राइडिङ अनुभवका लागि ग्लाइड थ्रु टेक्नोलोजी, असिस्ट एण्ड स्लिपर क्लच, तथा ४१ एमएम अपसाइड-डाउन फ्रन्ट फोर्क जस्ता अत्याधुनिक सुविधाहरू समावेश गरिएका छन् ।





























प्रतिक्रिया