‘इटहरीको बजार’मा झुल्किए आनन्द कार्की र गंगा कँडेल [भिडियो]

‘इटहरीको बजार’मा झुल्किए आनन्द कार्की र गंगा कँडेल [भिडियो]

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । वरिष्ठ गायक आनन्द कार्की र गायिका गंगा कँडेलको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘इटहरीको बजारमा’ सार्वजनिक भएको छ ।

गीतमा शब्द स्रष्टा श्रीकृष्ण लुइँटेलका मर्मस्पर्शी शब्दहरू रहेका छन् भने संगीतकार लक्ष्मण शेषले यसलाई उत्कृष्ट धुनमा उनेका छन्। गीतको संगीत संयोजन अर्जुन कटुवालले गरेका हुन् भने पुखराज सोनकरले यसको मिक्सिङ र मास्टरिङको जिम्मेवारी सम्हालेका छन्।

प्रेम र रोमान्सले भरिएको यो गीतले सार्वजनिक भएको छोटो समयमै दर्शकहरूको मन जित्न सफल भएको छ । गीतको म्युजिक भिडियोमा चर्चित कलाकारहरू बिजु पार्की र खुसी कार्कीको जीवन्त अभिनय देख्न सकिन्छ । भिडियोलाई स्वयम् बिजु पार्कीले निर्देशन गरेका हुन्, जसमा उनले नृत्य र अभिनयको उत्कृष्ट तालमेल मिलाएका छन्।

अनिश तामाङ र टिमको छायांकन, डिन्सन शाहको सम्पादन तथा रङ्ग संयोजन रहेको यस भिडियोको निर्माण व्यवस्थापन लक्ष्मण भण्डारी र सुराज कार्कीले गरेका हुन्। क्याच स्टुडियोले पोष्ट प्रोडक्सनको जिम्मेवारी सम्हालेको यस भिडियोको निर्माणमा वरिष्ठ द्वन्द्व निर्देशक राजेन्द्र खड्गीको पनि साथ रहेको छ।

Logo