काठमाडौँ,७,पुस
सुक्खा मौसम सुरु भएसँगै काठमाडौंँ उपत्यकामा खानेपानी अभाव हुन थालेको छ । मागको ३० प्रतिशत मात्रै खानेपानी आपूर्ति हुन सकेका कारण हरेक वर्ष सुक्खा मौसम सुरु भएसँगै उपत्यकामा खानेपानीको हाहाकार हुने गरेको हो । "/>

उपत्यकामा खानेपानीको माग ४० करोड लिटर, आपूर्ति १४ करोड लिटर मात्र !

उपत्यकामा खानेपानीको माग ४० करोड लिटर, आपूर्ति १४ करोड लिटर मात्र !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,७,पुस
सुक्खा मौसम सुरु भएसँगै काठमाडौंँ उपत्यकामा खानेपानी अभाव हुन थालेको छ । मागको ३० प्रतिशत मात्रै खानेपानी आपूर्ति हुन सकेका कारण हरेक वर्ष सुक्खा मौसम सुरु भएसँगै उपत्यकामा खानेपानीको हाहाकार हुने गरेको हो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार अहिले उपत्यकामा खानेपानीको दैनिक माग ४० करोड लिटर छ तर आपूर्ति भने १४ करोड लिटर मात्र छ । केयूकेएलले गरेको एक अध्ययन अनुसार आपूर्ति हुने पानी मध्ये पनि ४० प्रतिशत पाइप लाइनबाटै चुहिएर खेर जान्छ । केयूकेएलका प्रवक्ता सुरेशराज आचार्यले उपत्यकामा वितरण हुने खानेपानीका पाँचवटा प्राकृतिक स्रोत शिवपुरी, फर्पिङ, सुन्दरीजल, मनोहरा र भक्तपुर रहेको भन्दै तिनै स्रोतबाट जोहो हुने पानी भण्डारण गरेर घरघरमा पु¥याउने गरेको जानकारी गराए ।

उनका अनुसार ती स्रोत मध्ये सुन्दरीजलबाट दैनिक ६ करोड लिटर, शिवपुरी स्रोतबाट दैनिक चार करोड लिटरको हारहारीमा पानी उत्पादन हुने गरेको छ भने बाँकी चार करोड लिटर पानी फर्पिङ, मनोहरा र भक्तपुरबाट आपूर्ति हुने गर्छ ।  प्रवक्ता आचार्यले राजधानीमा पानीको अभावको पीडा हुन थालेको एक दशक भन्दा बढी भएकाले उपभोक्ताले केयूकेएलको मात्रै भर नपरेर निजी ट्याङ्कर, आआफ्नै घरमा इनार, बोरिङ गरेर पानीको पूर्ति गर्दै आएकाले पनि त्यति ठूलो समस्या नभएको बताए । उपत्यकामा लोडसेडिङ हुने बेलामा जस्तो अहिले पानीको समस्या त्यति ठूलो भोग्न नपरेको उनको भनाई छ । केयूकेएलका अनुसार उपत्यकामा प्रत्येक वर्ष झन्डै १० प्रतिशत पानीको माग थपिन्छ तर आपूर्तिमा सानासाना स्रोतबाट थप्ने बाहेक अन्य उपलब्धि हुन सकेको छैन । “उपत्यकामा घरघरमा पानी पु¥याउने कतिपय पाइप लाइन सय वर्ष भन्दा बढी पुराना छन्”, प्रवक्ता आचार्यले भने, “यसलाई प्रतिस्थापन नगरे सम्म खानेपानी चुहावट रोक्न सकिन्न । ”
गोरखापत्रबाट

Logo