काठमाडौँ,७,पुस
निर्वाचन आयोगले प्रदेशसभातर्फकोे ७७ वटै जिल्लाको समानुपातिक निर्वाचन प्रणालीको परिणाम शुक्रबार (आज) सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले १० र २१ मंसिरमा गरी दुई चरणमा सम्पन्न प्रदेशसभा निर्वाचनको सातै प्रदेशको समानुपातिक प्रणालीतर्फको २ सय २० सिटको अन्तिम परिणाम आज सार्वजनिक गर्ने तयारी गरेको हो । आयोगका प्रवक्ता नवराज ढकालले प्रदेशसभातर्फको समानुपातिक निर्वाचनको परिणाम सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको भन्दै शुक्रबार सार्वजनिक गरिने बताए । ‘आयोगले सातै प्रदेशको प्रदेशसभातर्फको समानुपातिक प्रणालीको परिणामको अन्तिम व्यवस्थापन गर्ने काम गरिरहेको छ, शुक्रबारसम्म परिणाम सार्वजनिक हुन्छ,’ प्रवक्ता ढकालले भने ।
आयोगले प्रदेशसभातर्फ दलहरूले प्राप्त गरेको समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल मतलाई जोडेर दलहरूलाई सिट बाँडफाँट गर्न लागेको हो । आयोगमा रहेको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले सो बारे अन्तिम तयारी गरिरहेको जनाएको छ । प्रदेशसभातर्फ कुल २ सय २० सिट मध्ये प्रदेश १ मा ३७, प्रदेश २ मा ४३, प्रदेश ३ मा ४४, प्रदेश ४ मा २४, प्रदेश ५ मा ३५, प्रदेश ६ मा १६ र प्रदेश ७ मा २१ सिट बाँडफाँट हुने आयोगले जनाएको छ ।
राजधानीबाट





























प्रतिक्रिया