काठमाडौँ,७,पुस
कैदीबन्दीको संख्या बढ्दै गए पनि कारागार व्यवस्थापन भने भद्रगोल छ । कारागार व्यवस्थापन विभागका अनुसार मुलुकभरका कारागारको क्षमता ११ हजार तीन कैदीबन्दी अटाउने छ तर १८ हजार पाँच सय कैदीबन्दी राख्नु परेको छ । "/>

कारागारको क्षमता भन्दा ६३ प्रतिशत धेरै कैदीबन्दी

कारागारको क्षमता भन्दा ६३ प्रतिशत धेरै कैदीबन्दी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,७,पुस
कैदीबन्दीको संख्या बढ्दै गए पनि कारागार व्यवस्थापन भने भद्रगोल छ । कारागार व्यवस्थापन विभागका अनुसार मुलुकभरका कारागारको क्षमता ११ हजार तीन कैदीबन्दी अटाउने छ तर १८ हजार पाँच सय कैदीबन्दी राख्नु परेको छ । यो संख्या क्षमता भन्दा ६३ प्रतिशतले धेरै हो । कारागारको क्षमता बढाउन नसकिएपछि बन्दी व्यवस्थापनमा समस्या देखिएको छ । विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले कारागारको क्षमता वृद्धि हुन नसक्दा विभिन्न समस्या देखिएको बताए । ‘छिटफुट बाहेक कारगारको क्षमता वृद्धि गर्न सकिएको छैन । कैदीबन्दीको संख्या भने दैनिक बढ्दो छ । यसले व्यवस्थापनमा ठूलो समस्या निम्तिएको छ,’ उनले भने ।

विभागको तथ्यांक अनुसार आर्थिक वर्ष ०६९,७० मा १५ हजार दुई सय कैदीबन्दी थिए । त्यो संख्या बढेर आव ०७०,७१ मा १६ हजार पाँच सय पुग्यो । आव ०७१,७२ मा १७ हजार चार सय, आव ०७२,७३ मा १७ हजार सात सय र अहिले मुलुकभर १८ हजार पाँच सय कैदीबन्दी छन् । पाँच वर्षयताको तथ्यांक विश्लेषण गर्दा प्रत्येक वर्ष कैदीबन्दीको संख्या एक हजारका दरले बढेको देखिन्छ । तर कारागारको क्षमता भने ०५० देखि बढाउन सकिएको छैन ।

वि.सं. ०५० मा ७२ जिल्लामा ७४ कारागार थिए । त्यो संख्यामा अहिलेसम्म कुनै परिवर्तन हुन सकेको छैन । मुलुकमा अपराधको घटना बढेका छन् । कैदीबन्दीको संख्या बढ्नु स्वभाविकै हो तर कारागारको संख्या जतिको त्यति छ, केही ठाउँका कारागारको क्षमता बृद्धि भए पनि त्यो पर्याप्त छैन ।
नयाँपत्रिकाबाट

Logo