रविले भेटे मोदीलाई

रविले भेटे मोदीलाई

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।

पाँचदिने भारत भ्रमणमा रहेका सभापति लामिछानेले प्रधानमन्त्री मोदीसँग दलका सदस्यसहित र एक्लाएक्लै भेटवार्ता गरेका छन् ।

भेटवार्तापछि सामाजिक सञ्जाल एक्समा मोदीले लेखेका छन्, ‘नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेसँग भेट्न पाउँदा अत्यन्त खुशी लागेको छ । साझा र समृद्ध भविष्यका लागि मिलेर नजिकबाट काम गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत गर्दछु र पूर्ण रूपमा समर्थन गर्दछु । हाम्रो ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीतिअन्तर्गत नेपाल एक प्राथमिकताप्राप्त साझेदार राष्ट्र हो । नयाँ सरकारसँग सहकार्य गर्दै दुई देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्‍याउने अपेक्षा र प्रतिबद्धता राखेका छौँ । ‘

Skip This
Skip This
Logo