काठमाडौं । अष्ट्रेलियाको आर्थिक वृद्धिदर सन् २०२६ को पहिलो त्रैमासिकमा सुस्त भएको सरकारी तथ्यांकले देखाएको छ । अष्ट्रेलियाको तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार मार्चसम्मका तीन महिनामा देशको कुल गार्हस्थ्य उत्पादन ०.३ प्रतिशतले वृद्धि भएको छ
। यो सन् २०२५ को अन्तिम त्रैमासिकमा रहेको ०.९ प्रतिशत वृद्धिदरको तुलनामा उल्लेखनीय रूपमा कम हो । वार्षिक आधारमा भने मार्चसम्मको १२ महिनामा अष्ट्रेलियाको अर्थतन्त्र २.५ प्रतिशतले विस्तार भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको वृद्धिदरसँग बराबर रहेको छ ।
तथ्यांकअनुसार उक्त अवधिमा घरपरिवारको उपभोग खर्च ०.५ प्रतिशतले बढे पनि सरकारी उपभोग खर्च ०.२ प्रतिशतले घटेको छ । सरकारी खर्चमा आएको यो गिरावट सेप्टेम्बर २०२२ यताकै सबैभन्दा न्यून त्रैमासिक स्तर मानिएको छ ।
तथ्यांक सार्वजनिक भएपछि अष्ट्रेलियाका कोषाध्यक्ष जिम चाल्मर्सले विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र अस्थिरताबीच पनि अष्ट्रेलियाको अर्थतन्त्रले लचकता प्रदर्शन गरिरहेको बताउनुभयो । उहाँका अनुसार अर्थतन्त्रले विभिन्न चुनौतीको सामना गरिरहे पनि यसको आधारभूत संरचना अझै मजबुत रहेको संकेत पछिल्लो तथ्यांकले दिएको छ ।
यस अवधिमा खानी क्षेत्रको उत्पादन १.५ प्रतिशतले घटेको छ। प्रतिकूल मौसमका कारण उत्पादनमा असर परेको बताइएको छ । त्यस्तै, कोइला र खनिज अयस्कको निर्यात घट्दा कुल निर्यात १.१ प्रतिशतले कमी आएको छ भने आयात २.१ प्रतिशतले बढेको छ ।































प्रतिक्रिया