काठमाडौं । एकदिवसीय क्रिकेटमा ललित राजवंशीको ब्याटिङ रेकर्ड उल्लेखनीय छैन । उनले अहिले सम्म २६ पटक ब्याटिङ गर्दा बनाएको कुल रन संख्या हो- ४३ । यस्तै उनको सर्वोच्च स्कोर रहेको छ- ११ रन । १७ पटक नटआउट रहे पनि राजवंशीको औसत केवल ४.७७ रहेको छ । एकदिवसीय क्रिकेट करिअरमा ललितले अहिलेसम्म ३ वटा चौका हानेका छन् ।
ललित विशुद्द बलरका रुपमा चिनिन्छन् । ब्याटिङमा कमजोर भएकैले सबैभन्दा पछाडि ११ औँ नम्बरमा आउने गर्छन् । उनको बलिङ भने धारिलो छ ।
उनै ललितले संसारकै केहि दिग्गज अलराउण्डरहरुलाई वरियतामा पछाडि पारेका छन् । उदाहरणका लागि अष्ट्रेलियाका क्यामरुन ग्रीन । उनी ललितपछाडि ६५ औँ स्थानमा रहेका छन् । अष्ट्रेलियाकै मिचेल मार्स र मिचेल स्टार्क, वेस्ट इन्डिजका रोमारियो सेफर्ड, पाकिस्तानका सदाब खान, ईँल्याण्डका विल ज्याक्स जस्ता चर्चित अलराउण्डरहरुलाई राजवंशीले पछाडि छोडिदिएका छन् ।
नेपालका अलराउण्डरहरु गुल्शन झा, सोमपाल कामी, करण केसी अलराउण्डरको टप १०० सूचीमा छन्, तर सबै ललितभन्दा तल । नेपालका अलराउण्डरमध्ये दीपेन्द्रसिंह एरी अलराउण्डरको वरियतामा सबैभन्दा माथि छन् । पछिल्लो सूचीमा उनी २२ औँ स्थानमा देखिन्छन् । यस्तै सन्दीप लामिछाने ६० औँ स्थानमा रहेका छन् ।































प्रतिक्रिया