काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेलले एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको दोस्रो खेलमा मलेसियाविरुद्ध सानदार शतक प्रहार गरेका छन् । सिंगापुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि भुर्तेलले बलमा ४५ बलमा १० चौका र ७ छक्कासहित शतक पूरा गरेका हुन् ।
उनको यो लगातार दोस्रो शतक प्रहार हो । यसअघि पहिलो खेलमा नेपालले चीनविरुद्ध ३१३ रनको विशाल योगफल खडा गर्दा भुर्तेलले आक्रामक ब्याटिङ गर्दै ४३ बलमा १२९ रन बनाएका थिए । उनले ५ चौका र १६ छक्का प्रहार गरेका थिए ।





























प्रतिक्रिया