काठमाडौं,६, पुस
अर्थ मन्त्रालयले एउटा हेलिकोप्टर र दुईवटा जहाज खरिद गर्न नेपाली सेनालाई रकम निकासा गरेको महिना दिन बित्न नपाउँदै सेनाले थप दुई एमआई–१७ भी–५ हेलिकप्टर खरिद प्रक्रिया अघि बढाएको छ । रुसको कजान हेलिकोप्टरले उत्पादन गर्ने एमआई–१७ भी–५ हेलिकप्टर खरिद गर्न सेनाले रक्षा मन्त्रालयमा प्रस्ताव पठाइसकेको छ । ‘मन्त्रिपरिषद बैठकले स्वीकृत गरेपछि रुसको सरकारी स्वामित्वको रोसोबोरोनेक्सपोर्टसँग दुई वटा एमआई–१७ भी–५ हेलिकोप्टर खरिद सम्झौता हुन्छ,’ जंगी अड्डा स्रोतले जानकारी दियो ।
मन्त्रिपरिषद बैठकले दुईवटा ट्रेनर जहाज खरिद गर्न गत भदौ २३ गते नेपाली सेनालाई ८ करोड ५६ लाख ३८ हजार ९९५ रुपैयाँ दिने निर्णय गरेको थियो । यसअघि दुईवटा जहाज खरिद गर्न सरकारले बजेटमै ३७ करोड रुपैयाँ छुट्याएको थियो । बजेटमा व्यवस्था गरेको रकम अपुग भएको भन्दै सेनाले थप रकम मागेपछि अर्थले गत कात्तिकमा उक्त रकम सेनालाई निकासा गरिदिएको थियो । सैनिक तालिमका लागि भन्दै अर्थले जहाज किन्न सेनालाई रकम निकासा गरेको हो ।
नागरिकबाट





























प्रतिक्रिया