काठमाडौं,६, पुस
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नयाँ जनमत अनुसार छिट्टै सरकार गठन हुनु पर्ने बताएका छन् । उनले सरकार निर्माणमा अवरोध गर्नेलाई नछाड्ने चेतावनी समेत दिए । संयुक्त वाम गठबन्धन काठमाडौंले बुधवार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले स्पष्ट बहुमत दिएको देख्दा देख्दै कानुनी अड्चन खडा गरेर सहज सत्ता हस्तान्तरणमा ब्यवधान सिर्जना नगर्न कांग्रेसलाई चेतावनी दिए ।
‘कांग्रेसले आफू सत्तामा भए मात्र लोकतन्त्र देख्छ, आफू सत्तामा नभए लोकतन्त्र नदेख्ने चरित्रमा सुधार गर्न जरुरी छ’ श्रेष्ठले भने, ‘जनताले वाम गठबन्धनलाई स्पष्ट बहुमत दिएर पठाए पनि कानुनी अड्चन खडा गरेर सत्ता नछोड्ने चरित्र उसले बदलेन भने उसले ठूलो मुल्य चुकाउनु पर्नेछ ।’
नेता श्रेष्ठले राष्ट्रियसभा गठन विवादका कारण सरकार गठनमा भएको विलम्बतर्फ संकेत गर्दै कुनै राजनीतिक सम्झौता गर्नु परे नयाँ सरकारले नै गर्ने स्पष्ट पारे । उनले भने , ‘कांग्रेसलले विगतमा जस्तै कम्युनिष्टहरुलाई लडाएर खाने लोकतन्त्र खोजेको हो भने सम्भव छैन, निर्वाचित शक्तिलाई सरकारमा जान रोक्न खोज्नेलाई छोड्दैनौं ।’
हिमालय टाइम्सबाट































प्रतिक्रिया