एलजी नेपालद्वारा ‘गेम अन विथ एलजी एआई टिभी’ अभियान सार्वजनिक

एलजी नेपालद्वारा ‘गेम अन विथ एलजी एआई टिभी’ अभियान सार्वजनिक

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । एलजी इलेक्ट्रोनिक्स नेपालले फुटबलप्रेमी दर्शकलाई लक्षित गर्दै ‘गेम अन विथ एलजी एआई टिभी’ अभियान सार्वजनिक गरेको छ ।

अत्याधुनिक प्रविधिसहितको एलजी एआई टिभीमार्फत फुटबल हेर्ने अनुभवलाई थप रोमाञ्चक, वास्तविक र स्तरीय बनाउने उद्देश्यका साथ अभियान ल्याइएको कम्पनीले जनाएको छ ।

एलजीका अनुसार विश्वप्रसिद्ध ओलेड डिस्प्ले प्रविधिद्वारा सञ्चालित टिभीहरूले खेलका हरेक क्षणलाई जीवन्त रूपमा प्रस्तुत गर्छन् । उत्कृष्ट दृश्य गुणस्तर, स्पष्ट ध्वनि तथा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको संयोजनले दर्शकलाई मैदानमै बसेर खेल हेरिरहेको अनुभूति दिलाउने कम्पनीको दाबी छ । गोल, उत्कृष्ट बचाउ तथा उत्सवका क्षणहरूलाई अझ प्रभावशाली ढंगले अनुभव गर्न सकिने बताइएको छ ।

अभियानअन्तर्गत एलजीले चयनित टिभी मोडलहरूमा चार वर्षको पूर्ण वारेन्टी सुविधा उपलब्ध गराएको छ । यसमा तीन वर्षको स्ट्यान्डर्ड वारेन्टी र एक वर्षको अतिरिक्त विस्तारित वारेन्टी समावेश छ । कम्पनीका अनुसार यस सुविधाले ग्राहकलाई दीर्घकालसम्म ढुक्क भएर मनोरञ्जनको अनुभव लिन मद्दत गर्नेछ ।

ग्राहकलाई टिभी खरिदमा सहजता प्रदान गर्न चयनित मोडलहरूमा ३० प्रतिशतसम्म क्यासब्याक, नो–कस्ट ईएमआई, आकर्षक एक्सचेन्ज मूल्याङ्कन तथा प्राथमिकता प्राप्त इन्स्टलेसन सेवा समेत उपलब्ध गराइएको छ। यो विशेष अफर २०८३ जेठ २१ गतेदेखि साउन ४ गतेसम्म देशभरका आधिकारिक एलजी विक्रेतामार्फत लागू हुने जनाइएको छ ।

Logo