भारतबाट फर्किएपछि नेपाल-भारतबीचको सीमा विवादबारे बोले रवि लामिछाने

भारतबाट फर्किएपछि नेपाल-भारतबीचको सीमा विवादबारे बोले रवि लामिछाने

केन्द्रबिन्दु
93
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नेपाल भारतबीचको सीमा विवादमा कूटनीतिक माध्यमबाट सहज र समाधान गर्नेगरी अघि बढ्ने बताएका छन् ।

पाँच दिने भारत भ्रमण सकेर शुक्रबार नेपाल फर्किएका सभापति लामिछानेले विमानस्थलमा सञ्चारकर्मीको प्रश्नमा भने, ‘कुनै पनि विषय कूटनीतिको माध्यमबाट, डिप्लोमेटिक च्यानल एक्टिभ गराएर गरिने कुरा सबैभन्दा महत्वपूर्ण हुन्छ । तीनको आवाज हल्ला गरेजस्तो ढोल बजाएर हुँदैन ।’ कूटनीतिको विषयलाई जिम्मेवार र संवेदनशील ढंगबाट बुझ्न उनको आग्रह थियो ।

साथै उनले प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले दिएको प्रष्टीकरण नै आधिकारिक धारणा भएको बताएका छन् ।

Logo