नासु खड्कालाई थुनामा पठाउने आदेश

नासु खड्कालाई थुनामा पठाउने आदेश

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । विशेष अदालतले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत नायबसुब्बा रेवन्त खड्कालाई थुनामा राख्न आदेश गरेको छ ।

अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले आज खड्कालाई थुनामा पठाउन आदेश गरेको हो । सुटकेशमा विद्युतीय चुरोट (भेप)भित्र लुकाएर ल्याइएको सुन तस्करीका लागि भेप साटेको आरोपमा नासु खड्कामाथि मुद्दा चलेको थियो ।

व्यावसायिक प्रयोजनमा सामान ल्याउनुपर्नेमा भेप ल्याइएको भेटेपछि सुटकेश बरामद गरेको थियो ।

Logo