काठमाडौँ, ५, पुस
नवजात छोराको रगतमा इन्फेक्सन भएपछि विनोद चेपाङलाई उपचार खर्च व्यहोर्न धौ धौ भयो । बल्ल तल्ल काठमाडौं ल्याएका चेपाङले धरौटी बापत कान्ति बाल अस्पतालमा पाँच सय रुपैयाँ राखे । "/>

कान्ति अस्पताल चरम आर्थिक संकटमा

कान्ति अस्पताल चरम आर्थिक संकटमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ५, पुस
नवजात छोराको रगतमा इन्फेक्सन भएपछि विनोद चेपाङलाई उपचार खर्च व्यहोर्न धौ धौ भयो । बल्ल तल्ल काठमाडौं ल्याएका चेपाङले धरौटी बापत कान्ति बाल अस्पतालमा पाँच सय रुपैयाँ राखे । अन्य उपचार खर्च व्यहोर्न नसकेपछि अस्पतालका निर्देशक डा.गणेशकुमार राईलाई गुहारे । चेपाङको अस्पताललाई तिर्नु पर्ने ९ हजार शुल्क मिनाहा भयो ।

धादिङ रोडाङ १० का चेपाङ जस्तै अन्य विपन्नलाई निःशुल्क र अन्यलाई न्यूनतम शुल्क लिएर उपचार सेवा पुर्‍याउँदै आएको केन्द्रीय बाल अस्पतालका निर्देशक राईलाई अब तनाव थपिएको छ । उनी भन्छन्, ‘केही दिनअघि एक लाख ४५ हजार तिर्नु पर्ने बिरामीको शुल्क मिनाहा गर्नु पर्‍यो । अन्य अस्पतालमा उपचार गरी सबै पैसा सकिएपछि अन्तिममा उपचार गर्न आउँछन् । उपचार खर्च समेत तिर्न नसकेपछि मिनाहा गर्नु पर्छ । त्यसको आर्थिक भार अस्पताललाई परेको छ ।’

अस्पतालका निर्देशक डा.राई र कान्ति बाल अस्पताल विकास समितिका अध्यक्ष सुवोध आचार्यलाई यतिबेला एउटै तनावले सताएको छ, ‘चिकित्सक र कर्मचारीलाई पुस महिनाको तलब समयमा कसरी खुवाउने ?’ अस्पताल अहिले मासिक ८ लाख घाटामा छ । सरसफाइमा मात्र वार्षिक १ करोड ६० लाख खर्च हुने गरेको अस्पताल स्रोतले जनाएको छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo