काठमाडौँ, ५, पुस
७ नं प्रदेशको सबैभन्दा ठुलो र चर्चामा रहेको चमेली जलविधुत आयोजनाबाट केही दिन भित्रै नियमित विद्युत उत्पादन शुरु हुने भएको छ । "/>

चमेलियाले जनवरी ५ बाट नियमित विद्युत उत्पादन शुरु गर्ने

चमेलियाले जनवरी ५ बाट नियमित विद्युत उत्पादन शुरु गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ५, पुस
७ नं प्रदेशको सबैभन्दा ठुलो र चर्चामा रहेको चमेली जलविधुत आयोजनाबाट केही दिन भित्रै नियमित विद्युत उत्पादन शुरु हुने भएको छ । दार्चुला जिल्लाको बँलाचमा निर्माणाधिन आयोजनाको बाँधको तल्लो सिभिल संरचनाको मर्मत सकिन लागेकाले अगामी जनवरी ५ गतेबाट नियमिति विद्युत उत्पादन गर्न लागिएको आयोजनाका प्रमुख अजयमुकार दाहालले जानकारी दिए । यसअघि मंसिर दोस्रो साताबाट व्यापारिक उत्पादन सुरु गर्ने भनिए पनि बाँधको ढोका पूर्ण रूपमा बन्द नहुँदा समस्या देखिएको आयोजनाले जनाएको छ । सुरुङमा पानी भरिएपछि परीक्षण उत्पादन शुरु गरिनेछ । परीक्षण उत्पादन पूरा गरेर एक महिना भित्रमा नियमित व्यापारिक उत्पादन शुरु गरिने आयोजना प्रमुख दाहालको दाबी छ ।

निर्माण थालेको ११ वर्षपछि चमेलिया जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारणमा जोडिन लागेको हो । आयोजनाको विद्युत जोडिने बलाँच–अत्तरिया १३२ केभी प्रसारण लाइन प्राधिकरणले चार्ज गरिसकेको छ । अहिले सिङ्गल सर्किटमा चार्ज गरिएको प्रसारण लाइनको डबल सर्किट निर्माण गर्न ठेकेदार छनोट भइ प्रक्रिया अघि बढाइएको आयोजना प्रमुख दाहालले बताए । निर्माण अवधि बढेसँगै आयोजनाको लागत पनि बढेर करिब दोब्बर भन्दा बढि खर्च भइसकेको छ । सन २०११ मे महिना भित्रै सम्पन्न हुने लक्ष्यका साथ शुरु गरिएको आयोजनाको लागत अनुमान ८ अर्ब ६० करोड रहेकोमा हाल सम्म १६ अर्ब ६० करोड खर्च भइसकेको आयोजनाले जनाएको छ ।
राजधानीबाट

Skip This
Skip This
Logo