भोजपुर , ५, पुस
कार्तिक पहिलो साताबाट दैनिक उपभोग्य तरकारीको रुपमा लिईने प्याजको मूल्य तीन गुणा बढेपछि यहाँका उपभोक्ताहरु मारमा परेका छन् । प्रतिकिलो ३० रुपैयाँ पर्ने ठूलो रातो प्याजको मूल्य अहिले स्थानीय बजारमा प्रतिकिलो १३० रुपैयाँ सम्म किनबेच हुने गरेको छ । एक्कासी प्याजको मूल्यवृद्धि भए लगत्तै खपत घटेको छ । प्याज किन्ने पैसाले बोइलर कुखुराको आधा केजी मासु आउने गरेको स्थानिय खगेन्द्र खड्काले बताए । प्याज सर्वसाधारणले किनेर खान नसक्ने गरेर मूल्यवृद्धि भएको उनको तर्क थियो ।
भोजपुर सदरमुकाममा पाँच वर्ष देखि मःम पसल संञ्चालन गर्दै आएकी चन्द्र मगर प्याजको भाउ बढेपछि किन्न ग्राह्रो भएको बताइन् । ‘प्याजको भाउ छोई नसक्नु छ । यसको सट्टा अरु तरकारीमै पैसा तिरेर खाईन्छ ।’ बजार क्षेत्रका होटल, गेष्टहाउसहरुमा प्याजको बढी खपत हुने गरेपनि प्याजको मूल्य अचानक आकाशिँदा मंहगो मूल्य तिरेरै भएपनि उपभोग गर्नु पर्ने बाध्यता रहेको भोजपुर सदरमुकामका एक होटल व्यवसायी गणेश श्रेष्ठ सुनाउँछन् । ‘होटलमा दैनिकजसो खाजा–नास्तामा, खाना बनाउन प्याज नभई हुन्न । त्यो माथि मःम, चाउमिन, थु्क्पा, सुप, अन्य नास्तालाई नभई नहुने प्याजको तेब्बर मूल्य बढीदिँदा मंहगो पैसा तिरेरै किन्नुपर्ने बाध्यता छ ’ उनले भने ।
नागरिकबाट































प्रतिक्रिया