काठमाडौँ, ५, पुस

सस्तो सामानको लोभमा पर्दा पोखरामा सयौं सर्वसाधारण ठगिएका छन् । पोखरा ८ सृजनाचोक स्थित अक्सिजन ट्रेडर्स संचालन गरेर बसेका तीन जना भारतीय नागरिक करिब चार करोड ५० लाख ठगेर फरार भएपछि बल्ल आफूहरु ठगिएको चाल पाए उनीहरूले । "/>

रातारात ४ करोड ठगेर ३ भारतीय फरार !

रातारात ४ करोड ठगेर ३ भारतीय फरार !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ५, पुस

सस्तो सामानको लोभमा पर्दा पोखरामा सयौं सर्वसाधारण ठगिएका छन् । पोखरा ८ सृजनाचोक स्थित अक्सिजन ट्रेडर्स संचालन गरेर बसेका तीन जना भारतीय नागरिक करिब चार करोड ५० लाख ठगेर फरार भएपछि बल्ल आफूहरु ठगिएको चाल पाए उनीहरूले । ट्रेडर्सका संचालकहरुले नगद पैसा दिएको १५ दिनपछि आधा मूल्यमा सामान दिने भन्दै एक उपभोत्ताबाट एक हजार देखि ४ लाख रुपैयाँ सम्म उठाएर फरार भएका हुन् ।

कर कार्यालयमा प्यान नम्बर लिएर संचालन गरेको टेर्डसमा उनीहरुले एलसिडी टिभी, दराज, सोफा, मोवाईल, फिज, बासिङ मेसिन, किचनका सामाग्री सहित घरमा प्रयोग हुने सबैजसो सामान राखेका थिए । पसलमा राखिएका सामान तत्काल किनेमा बजार मुल्य भन्दा केही बढी र १५ दिन पछि लगे बजार मुल्य भन्दा करिब ५० प्रतिशत छुटमा सामान दिने भनेपछि उपभोत्ताहरु छुटमा सामान पाईने भन्दै आकर्षित भएका थिए । अग्रिम रकम बुझाउनेलाई उनीहरुले प्यान नम्बर र मोवाइल नम्बर सहितको बिल दिएर पठाउने गरेका थिए ।
पसल संचालन गरी फरार हुनेहरुमा तीनै जना भारतको तामिलनाडु राज्यका रहेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसन्धानबाट तामिलनाडु स्थित तिचला पत्ली उरौ उरु थाना घर भएका बच्चु रमण, राजेन्द्र सेठी र मृर्खानन्दम तोबर रहेको खुल्न आएको छ ।
नयाँपत्रिकाबाट

Logo