काठमाडौं,४,पुस
प्राविधिकभन्दा राजनीतिक स्वार्थ हावी हुँदा प्रदेश प्रमुख र प्रदेशको सदरमुकाम तोक्न ढिलाइ भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले २५ मंसिरमा प्रदेश प्रमुख र सदरमुकाम तोक्ने तयारी गरे पनि निर्वाचन पछि वाम गठबन्धनले सरकारलाई प्रदेश प्रमुख नतोक्न दबाब दिइरहेको छ। "/>

सरकार प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख नियुक्त गर्ने तयारीमा

सरकार प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख नियुक्त गर्ने तयारीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,४,पुस
प्राविधिकभन्दा राजनीतिक स्वार्थ हावी हुँदा प्रदेश प्रमुख र प्रदेशको सदरमुकाम तोक्न ढिलाइ भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले २५ मंसिरमा प्रदेश प्रमुख र सदरमुकाम तोक्ने तयारी गरे पनि निर्वाचन पछि वाम गठबन्धनले सरकारलाई प्रदेश प्रमुख नतोक्न दबाब दिइरहेको छ। प्रधानमन्त्री देउवा प्रदेश मुकाम मात्रै तोकेर अपजस लिने मुडमा छैनन्, उनी जाँदाजाँदै आफू अनुकूलका प्रदेश प्रमुख नियुक्त गर्ने रणनीतिमा छन् । तर वाम गठबन्धनले भने नयाँ बन्ने सरकारले नै प्रदेश प्रमुख तोक्ने बताउँदै आएको छ । सरकारले अटेर गरी प्रदेश प्रमुख नियुक्त गरेमा प्रदेश सभा सदस्यले शपथ ग्रहण नै नगर्ने सम्मको चेतावनी एमाले अध्यक्ष केपी ओलीले दिएका छन् । आफ्नो सरकार बनेपछि अनुकूलका व्यक्ति नियुक्त गर्ने वाम गठबन्धनको स्वभाविक इच्छा छ ।

वाम गठबन्धनले विरोध गरे पनि सरकार प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख नियुक्त गर्ने तयारीमा छ । प्रधानमन्त्री देउवाको सचिवालयले बढीमा १० पुस भित्र नियुक्त गर्ने अन्तिम गृहकार्य भइरहेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताए ।
नयाँपत्रिकाबाट

Logo