काठमाडौं,४,पुस
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता र सरकार गठनबारे आन्तरिक छलफल चलिरहेको बताएका छन्। "/>

पार्टी एकता र सरकार गठनबारे एमाले-माओवादी आन्तरिक छलफलमा

पार्टी एकता र सरकार गठनबारे एमाले-माओवादी आन्तरिक छलफलमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,४,पुस
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता र सरकार गठनबारे आन्तरिक छलफल चलिरहेको बताएका छन्। उनले दुई दल बीच सहमतिमै सबै कुरा टुंगो लगाइने दावी गरे। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पार्टी एकता र सरकार गठनबारे शीर्ष नेताहरु बसेर छलफल अघि बढाईसकेको बताए। उनले थपे, ‘अहिले पार्टी एकता प्रक्रिया सुरु गरिसकेका छौं, अबको प्रधानमन्त्री केपी शर्मा ओली बन्ने संभावना बढी छ, एकता गर्दा हामी केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका पार्टी कमिटिलाई समायोजन गरेर जान्छौं।

नेता रावलले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल दुबै नेतालाई सहमतिबाटै उचित भूमीका दिईने जनाए। उनले थपे, ‘अहिले प्रधानमन्त्रीमा जसको नाम आएको छ, उहाँलाई बधाई तथा शुभकामना दिऔं, दुबै नेताहरुलार्इ सन्तुलनमा राखेर हामी अघि बढ्छौं।
अन्नपूर्णबाट

Logo