फुच्चे धनाढ्यको लक्जरी लाइफस्टाइल

फुच्चे धनाढ्यको लक्जरी लाइफस्टाइल

केन्द्रबिन्दु
0
Shares

भारतीय मुलका राशिद बेल्हासा अहिले उमेरले १५ बर्षका मात्र भए । तर उनी अति सौखिन जीवनशैलीका कारण चर्चित छन् । उनी दुवईमा बस्छन् । उनको आफ्नै जेट बिमान छ । फरारी कार छ । उनी बलिउडदेखि हलिउडसम्मका सेलिब्रेटीसँग संगत गर्छन् । केहि समयअघि उनलाई सलमान खानले भेटेका थिए ।

उनलाई उपमा दिइएको छ, मनी किक्स ।

को हुन् फुच्चे धनाढ्य


राशिद दुबईका निर्माण व्यवसायी तथा अर्बपति सैफ अहमद बेल्हासाका छोरा हुन् । उनको उमेरका बच्चाहरु आफ्नो किताब र पढाईमा लागिरहेका हुन्छन्, तर उनी सेलिब्रेटीहरुसँग रमाइरहेका हुन्छन् ।
रशिदलाई स्निकर्सको ठूलो सौख छ । यति मात्र होइन, उनको आफ्नै अनलाइन सपिङ स्टोर पनि छ जहाँ ब्याग र स्निकर्स बेचिन्छन् ।

सेलिब्रेटीलाई समय दिन भ्याइ, नभ्याई

अन्तरवार्ताका क्रममा रशिदले भनेका छन्, ‘कहिलेकाही मैले सेलिब्रेटीहरुलाई आउन रोक्नुपर्छ किनकी मसँग समय हुँदैन र म एकदम थाकेको हुन्छु ।’ उनी विश्व चर्चित सेलिब्रेटी आफ्नो साथी भएको बताउँछन् ।

आफ्नै जेट
राशिदसँग आफ्नै प्राइभेट जेट छ, जसमा यात्रा गर्दै उनी बारम्बार आफ्नो तस्वीर सामाजिक सञ्जालमा अपलोड गरिरहन्छन् । यति मात्र होइन, उनको आफ्नै फरारी कार पनि छ । उनी आफ्नो कारलाई एकदम माया गर्छन् ।

आफ्नो राजशी ठाँटलाई राशिद आफ्ना फ्लोअसैसँग सेयर गरिरहन्छन् । उनी सामाजिक सञ्जालमा निकै प्रख्यात छन् । उनको ‘मनी किक्स’ नामममा आफ्नै यूट्यूब च्यानल पनि छ । इन्स्टाग्राममा उनका ८ लाखभन्दा बढि फलोअर्स छन् । एजेन्सी

 

Logo