आइएमई जनरल र ग्लोबल आइएमईबीच सम्ंझौता

आइएमई जनरल र ग्लोबल आइएमईबीच सम्ंझौता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ३ पुस । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्लोबल आइएमई क्यापिटल लिमिटेडबीच हकप्रद सेयर निष्काशन सम्बन्धी सम्ंझौता भएको छ ।

गत असोज १० मा सम्पन्न आइएमइ जनरल इन्स्योरेन्सको २० औं बार्षिक साधारण सभाको निर्णय अनुसार १० सेयर बराबर ८ सेयरका दरले हकप्रद सेयर जारी गर्नका लागि ग्लोबल आइएमइ क्यापिटलसंग आज सम्झौता भएको हो । सो सम्झौता पत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ग्लोबल आइएमइका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसणी ढकालले हस्ताक्षर गरेका छन् ।

कम्पनीको चुक्ता पूजी बृद्धि गर्ने सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले ८० प्रतिशत सेयरको निष्काशनपछि आइएमइ जनरल इन्स्योरेन्सको चुक्ता पूजी १ अर्ब २ करोड ६ लाख पुर्‍याउने योजना रहेको बताए ।

कम्पनीले गुणस्तरिय सेवामा बृद्धि गर्दै ग्राहकका लागि चुस्त सेवा प्रदान गर्न ७ वटै प्रदेशमा शाखा बिस्तार गर्दै आएको छ । हाल कम्पनीको प्रधान कार्यालयसहित २६ वटा शाखा तथा सम्पर्क कार्यालयहरु १० वटा गरी ३६ वटा स्थानबाट सेवा प्रदान गर्दै आउको छ ।

 

Logo