सामान्या तारिखमा छुटे निर्वाचन विरोधी

सामान्या तारिखमा छुटे निर्वाचन विरोधी

केन्द्रबिन्दु
0
Shares

भोजपुर, ३ पुस : निर्वाचन विरोधमा संलग्न पक्राउ परेका १० जनामध्ये आठ जनालाई तारिखमा छाेडेकाे छ । 

निर्वाचन बिथोल्ने गतिविधिमा जिल्लाकाे विभिन्न ठाउँबाट पक्राउ परेकामध्ये दुई जनाको भने अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

प्रहरीले भोजपुर सदरमुकाम, सिद्धेश्वर, छिनामखु, बोयालगायत ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो । 

निर्वाचन मत परिणाम सार्वजनिक भएसँगै उनीहरू तारिखमा छुटेका हुन् । पक्राउ परेका अन्य दुई जनाको भने मुद्दा चलिरहेको प्रहरी निरीक्षक चरित्र विक्रम कार्कीले जानकारी दिएका छन् । 

उनीहरूलाई  एक-एक हजार धरौटी लिएर तारिखमा छाडिएको सहायक प्रमुुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिएका छन् । 

Logo