काठमाडौं,३, पुस
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाकृत परिणाम नआएपछि कांग्रेस नेताहरू बीच परिणामका लागि को दोषी भन्ने विषयमा आरोप–प्रत्यारोप सुरु भएको छ । "/>

निर्वाचन परिणाम पछि आरोप–प्रत्यारोपमा कांग्रेस नेता

निर्वाचन परिणाम पछि आरोप–प्रत्यारोपमा कांग्रेस नेता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,३, पुस
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाकृत परिणाम नआएपछि कांग्रेस नेताहरू बीच परिणामका लागि को दोषी भन्ने विषयमा आरोप–प्रत्यारोप सुरु भएको छ । निर्वाचन अघि अप्रत्याशित परिणामको अपेक्षा सम्म नगरेका नेताहरू परिणाम सार्वजनिक भए लगत्तै आरोप–प्रत्यारोपमा उत्रिएका हुन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सिद्धान्तमा विजय भएर पनि निर्वाचनमा पराजित हुनुको कारण खोज्न नेतृत्वले आनाकानी गरेको भन्दै नेतृत्वले जवाफ दिनु पर्ने बताए । ‘पार्टीले सिद्धान्तमा जित्यो तर निर्वाचनमा हार बेहोर्नु प¥यो, यसको जवाफ नेतृत्वले दिनु पर्छ,’ वरिष्ठ नेता पौडेलले भने ।

केन्द्रीय सदस्य तथा केन्द्रीय अनुशासन समितिका संयोजक रमेश रिजाल भने निर्वाचनको परिणामपछि नेतृत्वलाई आरोप लगाउन नमिल्ने पक्षमा छन् । पहिलो संविधानसभाको निर्वाचनमा कांग्रेसले नराम्रै परिणाम आउँदा पनि दोस्रो संविधानसभा निर्वाचनमा पहिलो पार्टी बनेको उदाहरण रहेको भन्दै अत्तालिएर नेतृत्व माथि आरोप लगाउनु जायज नहुने नेता रिजाल बताउँछन् । ‘लिडर सिपमा दोष थुपारेर अरू पन्छन मिल्दैन, आफूले पार्टीका लागि के गरें भनेर पनि हेर्नु पर्छ, नेतृत्व माथि विवाद गर्ने खालका कुरा गर्नु ठीक होइन,’ नेता रिजालले भने ।

नेता अर्जुननरसिंह केसी आरोप–प्रत्यारोप भन्दा हारको कारक पत्ता लगाएर समाधान खोज्नु पर्ने निष्कर्षमा छन् । नेता, नीति र नेतृत्व सबै जिम्मेवार भएर निर्वाचन परिणामको समीक्षा गर्नु पर्ने उनको धारणा छ । कांग्रेस युवा नेता रामहरी खतिवडा मन्त्री बनाउँदा भागबन्डा खोज्ने सबै नेताले हारको नैतिक जिम्मेवारी लिन तयार हुनु पर्ने बताउँछन् । उनले मन्त्री बनाउन भाग खोज्नेहरू नै अहिले परिणामलाई लिएर पन्छिन खोजेको समेत दाबी गरे ।
राजधानीबाट

Logo