इलाम,३, पुस
फिल्मी शैलीमा ९० लाख लुट्ने गिरोह प्रहरीले पक्राउ गरेको छ । बल्ने ढुङ्गा बिक्री गर्न भन्दै ठगिएको ठूलो रकम सहित पाँच जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इलामले आइतबार सार्वजनिक गरेको छ । "/>

फिल्मी शैलीमा ९० लाख लुट्ने गिरोह पक्राउ

फिल्मी शैलीमा ९० लाख लुट्ने गिरोह पक्राउ

केन्द्रबिन्दु
0
Shares

इलाम,३, पुस
फिल्मी शैलीमा ९० लाख लुट्ने गिरोह प्रहरीले पक्राउ गरेको छ । बल्ने ढुङ्गा बिक्री गर्न भन्दै ठगिएको ठूलो रकम सहित पाँच जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इलामले आइतबार सार्वजनिक गरेको छ ।

गिरोहले आफूहरूसँग भएको बल्ने ढुङ्गा वैधानिकरुपमा अमेरिकामा बिक्री हुने भन्दै व्यवसायीबाट ९० लाख १० हजार रूपैयाँ ठगेको थियो । प्रहरीले गिरोहका सदस्यको साथबाट तीन थान पेस्तोल र त्यसमा प्रयोग हुने ७ राउन्ड गोली पनि बरामद गरेको छ । पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द गाउँपालिका–१ का ३२ वर्षीय राजबहादुर तामाङ्ग, सोही गाउँपालिका– ४ का ४४ वर्षीय रुद्रकुमार नेम्वाङ्ग, वडा नं ६ का ६० वर्षीय योगेन्द्र प्रसाद आङ्देम्बे छन् । त्यस्तै फिदिम नगरपालिका–१० याङ्नामका ३३ वर्षीय भय विक, फालेलुङ गाउँपालिका वडा नम्बर–८ का ५४ वर्षीय महेन्द्रकुमार दर्जीलाई पनि प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
नयाँपत्रिकाबाट

Logo