डडेल्धुरा,पुस,२
प्रदेश नम्बर ७ को राजधानी डडेल्धुरामा बनाउँन माग राख्दै डडेल्धुरामा आन्दोलन सुरु भएको छ । सरकारले ७ नम्बर प्रदेशको राजधानी कैलालीको धनगढी तथा डोटीको दिपायल वा अन्य कुनै ठाउँमा हुने भन्ने विषयमा आधिकारिक निर्णय नहुँदै आफ्नो पायक पर्ने ठाउँमा राजधानी राखिनु पर्ने माग राख्दै आन्दोलन उठ्न थालेका छन् ।
उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य प्रकाश साउँदको संयोजकत्वमा १०१ जनाको समिति गठन गरेरै आन्दोलनको सूरुवात भएको छ । उक्त समितिले सरोकारवालासँग अन्तक्रिया तथा आन्दोलनको समिक्षा र रणनीतिक रुपमा अगाडी बढाउने भन्ने बिषयमा छलफल गरेको छ । पहिलो प्राथमिकता ७ नम्बर प्रदेशको राजधानी डडेल्धुरा हुनु पर्ने डडेल्धुरा नभएको खण्डमा पहाडका जिल्लामा राजधानी घोषणा हुनु पर्ने माग आन्दोलन समितिले राख्दै आएको छ । आइतबार (आज) देखि बृहत आन्दोलन चर्काउँने निर्णय गरेको समितिका संयोजक प्रकाश साउँदले बताए ।
सुदुरपश्चिमका पहाडी जिल्लाको मुख्य प्रवेशद्धारका रुपमा रहेको डडेल्धुरा नै राजधानीका लागि उपयुक्त ठाउँ मानिन्छ । बैतडी, दार्चुला, बझाङ्ग, डोटी, बाजुरा र अछाम जिल्लाको गन्तव्य स्थान पुग्नका लागि समेत डडेल्धुरा सदरमुकाम भएर जानु पर्ने हुनाले यो भन्दा उत्तम विकल्प अरु हुन नसक्ने समितिले ठहर गरको छ ।
नयाँपत्रिकाबाट































प्रतिक्रिया